तीन क्षेत्रको मत गणना अनिश्चित - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

तीन क्षेत्रको मत गणना अनिश्चित


काठमाडौं । यहि मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको नतिजा आउने क्रम जारी छ । ती मध्ये ३ क्षेत्रको मतगणना अझै सुरू भएको छैन ।

बागमती प्रदेशको दोलखा, गण्डकी प्रदेशका स्याङजा निर्वाचन क्षेत्र नं २ र कर्णाली प्रदेशको बाजुरा जिल्लाका मतगणना अझै हुन सकेको छैन । यसमध्ये बाजुराको बूढीनन्दा केन्द्रमा शनिबार मतदान भइरहेको छ । सो क्षेत्रमा गत आइतबार मतदान स्थगित भएको थियो ।

त्यसैगरी, दोलखा र स्याङजामा निर्वाचनमा धाँधली भएको भन्दै नेकपा (एमाले) लगायतका दलहरुले पुनः मतदानको माग गर्दै धर्ना दिएकाले मतगणना हुन सकेको छैन ।

मतदान भएको एक सातासम्म पनि मतगणना सुरु हुन नसकेपछि निर्वाचन आयोगले ती क्षेत्रमा मतगणना सुचारु गर्ने वातावरण बनाउन केन्द्रबाट प्रतिनिधि पठाएको जनाएको छ ।