समानुपातिकतर्फ प्रमुख दलकै अग्रता - रुपान्तरण
 २०८१ जेठ ७, सोमबार    

समानुपातिकतर्फ प्रमुख दलकै अग्रता


काठमाडौं । प्रतिनिधि सभाको समानुपातिकतर्फ नेकपा एमालेले सुरुआतदेखिको अग्रता कायम राखेको छ । निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार एमालेले २० लाख ३२ हजार मत प्राप्त गरेको छ ।

कांग्रेसले १९ लाख ६३ हजार मत पाउँदै दोस्रो स्थानमा छ। यसअघि, चौथो स्थानमा रहेको माओवादी केन्द्र तेस्रोमा उक्लिएको छ ।

माओवादी केन्द्रले ८ लाख ७३ हजार मत पाउँदा चौथो स्थानमा झरेको राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ४२ हजार मत प्राप्त गरेको छ ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ४७ हजार, जनता समाजवादी पार्टी, नेपालले २ लाख ४१ हजार र एकीकृत समाजवादीले १ लाख ८७ हजार मत पाएको छ ।