नयाँ रणनीतिमा माओवादी केन्द्र - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

नयाँ रणनीतिमा माओवादी केन्द्र


काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम मत परिणाम आइरहँदा सत्ता साझेदार दल माओवादी केन्द्र परिणामप्रति छैन् । अपेक्षाकृत परिणाम नआएको उसको निष्कर्ष छ । केही नेताहरु गठबन्धनमा रहेका अन्य दल इमान्दार नभएको र माओवादी केन्द्रका उम्मेदवारलाई हराउन लागेको प्रतिक्रिया दिइरहेका छन् ।

गठबन्धनकै नेतृत्व सरकार बन्ने प्रतिक्रिया दिंदै आएको माओवादी केन्द्र शनिवार दिउसो बसेको सचिवालय बैठकपछि भने एकाएक नयाँ रणनीति बनाएर अघि बढेको छ । सरकार गठनमा सबै विकल्प खुला राख्ने भन्दै नेकपा एमालेसँगको सहकार्यमा समेत सरकार बनाउने संकेत गरेको छ । शनिबारको बैठकमा नेताहरुले गठबन्धनभित्र मत साटासाट नभएकोदेखि कांग्रेस नेताहरु नै आफ्ना उम्मेदवारलाई हराउन लागेको दुखेसो गरेका थिए ।

सरकारमा कांग्रेससँगै हिँडे पनि आगामी दिनमा अहिलेको परिणामलाई ख्याल गरेर अगाडि बढ्नुपर्ने उनीहरुको धारणा थियो । कांग्रेस, नेकपा एस लगायतको मतले १७ सिट जितेपछि माओवादीका अध्यक्ष पुष्पक कमल दाहाल प्रचण्डले पाँच वर्षे सरकारमा आधा आधा कार्यकाल हुनुपर्ने र त्यसमा आफूले पहिले प्रधानमन्त्री बन्नु पाउनु पर्ने भन्दै पार्टीबाट सरकार गठनमा विकल्प खुला राख्ने निर्णय गराएको बुझिएको छ ।

बैठकमा बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्ण बहादुर महरा, महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव पम्फा भुसालले चुनाव र आगामी रणनीतिबारे धारणा राखेका थिए । सो क्रममा श्रेष्ठ कांग्रेसप्रति बढी असन्तुष्टी पोखेका थिए । तर यता एक्ला एक्लै निर्वाचनमा गएको भए माओवादीले ७ सिट पनि निजित्ने अवस्थामा कांग्रेसको मतबाट १७ सिट हात पारेको कांग्रेसका नेताहरुले प्रतिक्रिया दिएका छन् ।

नेकपा एसले सत्ता गठबन्धन दलकै नेतृत्वमा नयाँ सरकार बन्नु पर्ने र त्यसलाई समर्थन गर्ने औपचारिक निर्णय गरिसकेको अवस्थामा माओवादीले भने यस्तो निर्णय गर्नुलाई बार्गेनिङ तहलाई बढाउनु मात्रै रहको नेकपा एसका केही नेताहरुले बताएका छन् ।

बैठकमा माओवादी अध्यक्ष प्रचण्डले निर्वाचनमा सोचेजति नतिजा नआएको टिप्पणी गर्दै कांग्रेसले असहयोग गरेको आरोप पनि लगाएका थिए । प्रतिनिधिसभामा सोचेजति सिट नआएको बताएका थिए । ‘हामीले गठबन्धन गरेर राम्रै नतिजा आउँछ भन्ने थियो । सोचेजति सिट आएन,हामीले सोचेभन्दा १०–१२ सिट कम आयो । कांग्रेसबाट जति भोट ट्रान्सर्फर हुनुपर्ने हो भएन’, उनले बैठकमा भनेका थिए ।

गोरखा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई टेलिफोनबाट बधाई दिने क्रममा एमाले अध्यक्ष केपी ओलीले सरकार गठनमा सहकार्यको सम्भावनाबारे जिज्ञासा राखेको भन्दै प्रचण्डले प्रचार गर्न लगाएको ओलीको सचिवालयले जनाएको थियो । टेलिफोन कुराकानीमा प्रचण्डले ओलीलाई वाम एकताको पक्षमा उभिन आग्रह गरेका थिए । तर त्यो विषयमा भने प्रचण्डको सचिवालयले केही बताएको थिएन ।

महासचिव गुरुङले प्रतिनिधिसभामा अनपेक्षित परिणाम आएको साथै त्रिशंकु संसद् बनेको र त्यसले राजनीतिक स्थिरताको सम्भावनालाई कमजोर पारेको धारणा राख्दै चुनावमा कांग्रेसले संस्थागत रुपमा भन्दा पनि नेताहरुले व्यक्तिगत रुपमा असहयोग गरेको उनले सुनाएका थिए । माओवादी केन्द्रका नेताहरुको प्रतिक्रियालाई आधार मान्दा भावी सरकारको समीकरण कस्तो रहन्छ त्यो भने हेर्न बाँकी छ ।