दोलखाबाट माओवादी केन्द्रका गंगा कार्की विजयी - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

दोलखाबाट माओवादी केन्द्रका गंगा कार्की विजयी


काठमाडौं । दोलखाबाट प्रतिनिधि सभा सदस्यमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का गंगा कार्की विजयी भएका छन् ।

कडा प्रतिस्पर्धाबीच कार्कीले नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गरेका हुन् । कार्कीले ३६ हजार ७९९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी शिवाकोटीले ३६ हजार ४८२ मत प्राप्त गरे कार्कीको जितसँगै माओवादी केन्द्रले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १८ सिट जितेको छ ।

दोलखा प्रदेशसभा–१ मा सत्ता गठबन्धनबाट कांग्रेसका कुन्दनराज काफ्ले विजय भएका छन् । उनले २३ हजार तीन सय ३१ मत प्राप्त गरेका छन भने एमालेका नरबहादुर श्रेष्ठले १५ हजार तीन सय ५६ मत प्राप्त गरेका छन् । प्रदेशसभा २ मा एमालेका भरतबहादुर केसी निर्वाचित भएका छन् ।