निर्वाचन आयोगको प्राङ्गणमा ‘सक्सेस पार्टी’ - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

निर्वाचन आयोगको प्राङ्गणमा ‘सक्सेस पार्टी’


काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको उपलक्ष्यमा आयोगको प्राङ्गणमा भब्य जलपान समारोहको आयोजना गरेको छ । जलपानमा राष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, नेपाल सरकारका विशिष्ट व्यक्तिहरु, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु, कलाकार, संचारकर्मी साथै विभिन्न क्षेत्रका व्यक्तिहरुको भब्य उपस्थिती थियो । आयोगले उक्त जलपानलाई आफ्नो ‘सक्सेस पार्टी’का रुपमा लिएको छ । 

सो अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुन महिनाभित्र हुने जानकारी दिए ।फागुन महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन सम्पन्न भएसँगै यस वर्षको सबै निर्वाचन सम्पन्न हुने उनले जानकारी दिए । निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने सबैलाई उनले धन्यवाद दिए ।

सो अवसरमा गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट करिब ४१ हजार जनप्रतिनिधि निर्वाचित भई स्थानीय तह सञ्चालनको जिम्मेवारी निर्वाह गरिरहेको जानकारी दिइयो । त्यसैगरी मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनबाट प्रतिनिधिसभातर्फ दुई सय ७५ र प्रदेशसभातर्फ ५५० गरी कूल ८२५ जना सदस्य निर्वाचित भई शासकीय प्रणालीमा सहभागी हुने अवसर प्राप्त भएको पनि जानकारी गराइयो ।

 

"

"