प्रतिनिधि सभाका सांसदहरुले लिए शपथ, चार जना अनुपस्थित - रुपान्तरण
 २०८१ बैशाख १२, बुधबार    

प्रतिनिधि सभाका सांसदहरुले लिए शपथ, चार जना अनुपस्थित


काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा जितेका सांसदहरुले विहीबार सामूहिक शपथ ग्रहण गरेका छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा उपस्थित प्रतिनिधिले शपथ लिएका हुन् ।

पद तथा गोपनीयताको शपथ लिँदा ४ जना सांसद भने अनुपस्थित भएका छन् । संसद सचिवालयका अनुसार महिन्द्र राय यादव, प्रेमबहादुर आले, माया राई र राजकुमार राई अनुपस्थिति भएका हुन् । उनीहरुको शपथ पछि हुनेछ ।

दिउँसो १ बजे शपथका लागि सांसदहरूलाई संसद सचिवालयले बोलाएको भए पनि २० मिनेट ढिला गरी शुरु भएको थियो । संसदका जेष्ठ सदस्य एवं राप्रपामा नेता पशुपति शमशेर जबराले उनीहरूलाई सपथ गराएका छन् ।

शपथ ग्रहणपछि सांसदहरु जलपान समारोहमा उपस्थित भएका थिए । शपथमा सहभागी सदस्यहरू कोही आफ्नो सँस्कृति झल्काउने पोशाकमा सजिएका थिए भने कतिपयले राष्ट्रिय पोशाक दौरा सुरुवाल लगाएका थिए ।