अनाधिकृत बस्ती हटाउन नेवार समुदायको समर्थन - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

 अनाधिकृत बस्ती हटाउन नेवार समुदायको समर्थन


काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका अनाधिकृत बस्ती हटाउने महानगरपालिकाको प्रयासलाई उपत्यकाका नेवार समुदायहरुले समर्थन गरेका छन् । शनिबार काठमाडौं उपत्यकाका नेवार समुदायहरुले पत्रकार सम्मेलन गर्दै यसको बारेमा जानकारी गराएका हुन् ।

उनीहरुले काठमाडौंका विभिन्न नदी किनारमा घर, टहरा बनाइ बसोवास गर्दै आइरहेका अनाधिकृत बस्ती हटाउन महानगरपालिकाले गरेको प्रयास र त्यसका विरुद्ध गरेको प्रतिरोधका घटनाहरुप्रति काठमाडौंका स्ववासीहरुको समर्थन रहेको बताएका छन् । उनीहरुले काठमाडौं महानगरपालिकालाई समस्यामुक्त बनाउन महानगरले चालेको अनाधिकृत बस्ती हटाउने कुरामा पूर्ण समर्थन रहेको बताएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै नेवाः जातीय महासंघका अध्यक्ष मनोज खड्गीले काठमाडौं महानगरपालिकाका धेरै ठाउँमा सुकुम्वासी र स्वावासीहरु अनाधिकृत रुपमा बसोवास गरिरहेकाले सबैलाई काठमाडौंको जग्गा वितरण गर्न नसकिने भन्दै थातथलो भएकै स्थानमा व्यवस्थापन गर्नुपर्ने बताए ।