काठमाडौं । नेपालको ४४ औं प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नियुक्त भएका छन् । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
संविधानको धारा ७६ को (२) अनुसार दाहाललाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । दाहालले दोस्रो ठूलो दल नेकपा एमालेसहित सात दल र ३ स्वतन्त्र गरी १६९ सांसदको समर्थन जुटाएर प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी पेस गरेका थिए । प्रधानमन्त्रीको शपथ सोमबार ४ बजे तय गरिएको छ ।
दाहाल यसअघि २०६५ र २०७३ मा ९/९ महिनाको अवधि प्रधानमन्त्री बनेका थिए । सत्ता गठबन्धनमा नेपाली कांग्रेससँग सहमति नभएपछि आइतबार मात्रै एमालेलगायत दलसँग गठबन्धन गर्दै प्रचण्ड मुलुकको ४४ औं प्रधानमन्त्री भएका हुन्।