मन्त्रालय बाँडफाँटको प्रारम्भिक खाका तयार - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

मन्त्रालय बाँडफाँटको प्रारम्भिक खाका तयार


काठमाडौं । मन्त्रालय बाँडफाँटको प्रारम्भिक खाका तयार भएको छ । जसको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै भेट गरेका थिए ।

स्रोतका अुनसार गठबन्धन भित्र नेकपा एमाले सबैभन्दा ठूलो दल भएकोले ९ देखि १० वटा मन्त्रालय पाउने सम्भवना रहेको छ । यद्यपि एमालेको दाबी १२ वटा मन्त्रालयमा छ ।

यस्तै ७ मन्त्रालय दाबी गरेको माओवादीले ५ वटा पाउने सम्भावना छ । रास्वपालाई तीन मन्त्री र एक राज्यमन्त्री दिने तयारी छ। एकीकृत समाजवादीलाई २ देखि ३ वटा मन्त्रालय दिएर सरकारमा ल्याउने प्रयास भइरहेको स्रोतको भनाइ छ । त्यस्तै जसपा र जनमत पार्टीले भने २–२ वटा मत्रालय पाउने सम्भावना छ ।