४० भारतीय जेलजीवन विताएका दुर्गाप्रसादले ६० बर्षमा लिए नागरिकता - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

४० भारतीय जेलजीवन विताएका दुर्गाप्रसादले ६० बर्षमा लिए नागरिकता


काठमाडौं। इलामको माई नगरपालिका–१० लुम्बाकका दिपक जैसी (दुर्गाप्रसाद तिम्सिना) ले ६० वर्षको उमेरमा नेपाली नागरिकताको पाएका छन ।

४० वर्ष भारतीय जेलमा बन्दी जीवन बिताएका उनले जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकता लिएका हुन् । दिपकले पाएको नागरिकतामा भतिजो गोपालले सनाखत गरेका छन ।

जिल्ला प्रशासन कार्यालयमा नागरिकताको लागि पुगेका दुर्गाप्रसादलाई प्रशासकिय अधिकृत देवीचरण फुएँलले ०३–०१–७७ –०३२५१ नागरिकता प्रमाण पत्र नम्बर भएको नागरिकता प्रदान गरे ।

सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईँले नागरिकता हस्तान्तरण गरेका थिए । तिम्सिनाको नागरिकतामा बाबुको महलमा चम्फाखर तिम्सिना, आमाको महलमा धनमाया तिम्सिना उल्लेख छ । तिम्सिनाको इलामको एकातप्पा गाविसको दोकानडाडामा २०१७ साल साउन २० गते जन्म भएको हो । नागरिकता पाउँदा आफुँ खुशी भएको बताए ।