विश्वासको मत प्राप्त गर्ने अन्तिम कसरतमा प्रचण्ड - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

विश्वासको मत प्राप्त गर्ने अन्तिम कसरतमा प्रचण्ड


काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत लिनका लागि अन्तिम कसरत गरिरहेको छ । यही सिलसिलामा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको वर्तमान सरकारले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न कुनै समस्या नभएको बताएका छन् ।

अध्यक्ष ओलीले साङ्केतिकरूपमा सरकारलाई विश्वासको मत नदिलाउन षड्यन्त्र भइरहेको बताए । “बहुमत नपुग्दा तालमेल गरेर एकीकृत भएको बहुमतलाई झण्डै दुई तिहाइको स्थितिमा पुर्‍याउने एमाले हो, एमालेले कसैले नसोचेको अवस्थामा पुर्‍याउन सक्छ”, उनले भने ।

‘प्रचण्डले पनि विश्वासको मत लिनुअघि समर्थन गरेका पार्टीहरूका नेताहरूसँग भेटघाट बाक्लो बनाएका छन् । प्रचण्डले यही पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् । यही क्रममा सरकारलाई समर्थन गरेका तर सरकारमा सहभागी नभएका दुई दलका शीर्ष नेतासँग प्रचण्डले भेटघाट गरेका छन् ।

प्रचण्डले पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी बैठकमा दुबै नेतासँग प्रचण्डले सरकारमा सहभागी हुन र विश्वासको मत दिन अनुरोध गरेको उनको सचिवालयले जनाएको छ ।

यता, राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिने निर्णय गरेको छ । त्यस्तै नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने वा नदिने भन्ने बारेमा छलफल अघि बढाएको छ । निर्णय गरिसकेको छैन ।

टिकापुर घटनाका विषयमा छानबिन गरिएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने, देवीराम शर्मा समितिको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने, टीकापुर घटनामा संलग्न रहेको आरोपमा जेलमा रहेका रेशम चौधरीसहित नेता कार्यकर्ताको रिहाईको प्रक्रिया अघि बढाए मात्रै प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिने नागरिकको अडान छ ।

प्रचण्ड विभिन्न राजनीतिक दलसहित एक सय ६९ सांसदको समर्थनमा यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । नेपालको संविधानको धारा ७६ उपधारा ९२० बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले सोही धाराको उपधारा ९४० बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ ।