नयाँ मन्त्रीले लिए पद तथा गोपनियताको सपथ - रुपान्तरण
 २०८१ बैशाख १५, शनिबार    

नयाँ मन्त्रीले लिए पद तथा गोपनियताको सपथ


काठमाडौं । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता गठबन्धनमा रहेका दलहरुबीच मन्त्रालयको भागवण्डा टुंगो लागेपछि मंगलबार मन्त्रिपरिषद विस्तार गरेका हुन् । प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिहरु नियुक्त गरेका हुन् । मन्त्रीहरुलाई राष्ट्रपति भण्डारी र राज्य मन्त्रीहरुलाई प्रधानमन्त्री दाहालले पद गोपनियताको सपथ गराएका हुन् ।

एमालेबाट भगवती चौधरीले महिला बालबालिकामन्त्री, विमला राई पौड्यालले परराष्ट्र, पदम गिरीले स्वास्थ्य, र हरि उप्रेतीले रक्षामन्त्रीका रूपमा शपथ लिएका छन् । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उपप्रधान एवं उर्जा मन्त्री बनेका राजेन्द्र लिङदेन, विक्रम पाण्डे शहरी विकास मन्त्री,ध्रुव बहादुर प्रधान कानून मन्त्री र दीपक सिंहले उर्जा राज्य मन्त्रीको सपथ लिएका छन् ।

त्यस्तै नेकपा माओवादीबाट रेखा शर्माले सञ्चार तथा सूचना प्रविधि मन्त्री, सुदन किराँतीले पर्यटन तथा नागरिक उड्डयन मन्त्री र अमनलाल मोदीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका रूपमा शपथ लिएका छन् । माओवादीबाट राज्यमन्त्री बनेकी सुशीला श्रीपाली भने शपथग्रहण कार्यक्रममा उपस्थित भइनन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्यालले श्रम तथा समाजिक सुरक्षामन्त्री, शिशिर खनालले शिक्षामन्त्री र डा.तोसिमा कार्कीले स्वास्थ्य राज्यमन्त्रीका रूपमा पद तथा गोपनियताको शपथ लिएकी छन् ।

योसँगै दाहाल मन्त्रिपरिषद् २३ सदस्यीय भएको छ । गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त दाहालले पुस ११ गते राष्ट्रपति भण्डारीबाट पद तथा गोपनियताको सपथ ग्रहण गर्दै ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए । दाहालले मंगलबार १२ मन्त्री र ३ राज्यमन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।