प्रेम आचार्यले उठाएका मुद्दामा गृहको सक्रियता - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

प्रेम आचार्यले उठाएका मुद्दामा गृहको सक्रियता


काठमाडौं । आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका इलामका प्रेमप्रसाद आचार्यले सामाजिक सञ्जाल फेसबुकमा उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । गृहमन्त्रालयले दिएको जानकारीअनुसार बिहिबार सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन भएको हो।

अर्थमन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरिक्षक र राष्ट्रिय अनुसन्धान विभागका उप(अनुसन्धान निर्देशक सदस्य रहने गरि समिति गठन भएको छ ।

त्यता, आचार्यको परिवारको आग्रहमा आत्मदाह प्रयासमा दुरुत्साहन गरेको भन्दै प्रहरीमा जाहेरी परेको छ । विहीबार अधिवक्ता स्वागत नेपाल नेतृत्वको टोलीले टेकु प्रहरीमा प्रेमप्रसाद आचार्यको आत्महत्या दुरूत्साहन मुद्दामा उजुरी दिएका हुन् ।

प्रेमप्रसाद आचार्यले आत्मदाह गर्नुपूर्व सामाजिक सञ्जालमा केही ब्यक्ति र संघसंस्थाका नाम उल्लेख गरेका थिए । आचार्यको शव अझै पोष्टमार्टम भएको छैन । शवलाई टिचिङ अस्पतालमा राखिएको छ ।

आचार्यले आत्मदाह गर्नुपूर्व सामाजिक सञ्जालमा केही ब्यक्ति र संघसंस्थाका नाम उल्लेख गरेका थिए । नयाँबानेश्वरस्थित सडकमा मंगलबार आत्मदाह प्रयास गरी उपचारको क्रममा उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको थियो। उनको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको थियो।