संसदमा राष्ट्रपति भण्डारी, देशको अर्थतन्त्रबारे चिन्ता व्यक्त - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

संसदमा राष्ट्रपति भण्डारी, देशको अर्थतन्त्रबारे चिन्ता व्यक्त


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अब हाम्रो ध्यान विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनतर्फ केन्द्रित हुनुपर्ने बताएकी छन् । शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । भण्डारीले आफूलाई दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी दिएकोमा सबैलाई धन्यवाद दिए ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले भनिन् ‘‘अब हाम्रो ध्यान विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनेतर्फ केन्द्रित हुनुपर्छ। संविधानले मार्गदर्शन गरे अनुसार स्वतन्त्र ढंगले राज्यका अगंहरुले आफूलाई परिचालित गर्नुपर्छ।’’

उनले अर्थतन्त्रको सुदृढीकरणका लागि गम्भीर पाइला चाल्नुपर्नेसमेत बताइन । देशको अर्थतन्त्रप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘‘कोभिड–१९ का कारण विश्व अर्थतन्त्रमा परेको प्रभावबाट नेपाल मात्र अछुतो रहको छैन। अर्थतन्त्रको सुदृढीकरणका लागि हामीले गम्भीर पाइला चाल्नुपर्ने देखिएको छ। औपचारिक अर्थतन्त्रलाई प्रवर्द्धन गर्न र संस्थागत गर्न वृत्त नीति निर्देशित हुनुपर्ने देखिएको छ।’’

देशको अर्थतन्त्रको विषयमा सबै जानकार रहेको बताउँदै राष्ट्रपति भण्डारीले अर्थतन्त्रको सुधारका लागि अल्पकालीन र दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिइन। उनले तत्काल अर्थतन्त्रका सूचकमा सुधार देखिए पनि भरपर्दो नभएको बताइन । उनले बढ्दै गएको व्यापार घाटालाई कम गर्न उत्पादन क्षेत्रमा गम्भीर बन्नुपर्नेमा जोड दिइन ।