उपराष्ट्रपतिका उम्मेदवार यादवविरुद्ध उजुरी - रुपान्तरण
 २०८१ बैशाख १५, शनिबार    

उपराष्ट्रपतिका उम्मेदवार यादवविरुद्ध उजुरी


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बाट उपराष्ट्रपति पदमा उम्मेदवारी दिनुभएका रामसहाय प्रसाद यादवविरुद्ध उजुरी दर्ता भएको छ ।

शनिबार दिउँसो सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा नेकपा (एमाले)का सांसद महेश बर्तौलाले यादवविरुद्ध उजुरी दिएका हुन् ।

राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले उपराष्ट्रपति पनि पुरुष हुन नहुने भन्दै एमालेले जसपाका उम्मेदवारविरुद्ध उजुरी दिएको हो ।

निर्वाचन अधिकृतको कार्यालयले ६ बजेसम्म दाबी विरोधको सूचना दिने समय दिएको छ । उजुरीमाथि आइतबार १२ बजेसम्म छानबिन गर्ने समय छ ।