नेपालको एक दिवसीय मान्यता सुरक्षित - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

नेपालको एक दिवसीय मान्यता सुरक्षित


काठमाडौं । नेपालले एक दिवसीय मान्यतालाई सुरक्षित राखेको छ । राजधानीमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंखलामा दुई खेलअघि नै नेपालले एक दिवसीय मान्यता सुरक्षित गरेको हो ।

आइतबार भएको खेलमा यूएईमाथि फराकिलो जित हासिल गर्दै नेपालले दुई खेलअघि नै एक दिवसीय मान्यतालाई कायमै राख्न सफल भएको हो । नेपालले ३४ खेलमा ३६ अंक जोड्दै अमेरिकालाई पछाडि पार्दै एक दिवसीय मान्यता सुरक्षित गरेको हो ।आइतबार नेपालले युएईबिरुद्ध १ सय ७७ रनको ऐतिहासिक जित निकालेको हो। पछिल्लो तीन हप्तामा भएका १० मध्य ९ खेल नेपालले जितेको छ।

लिग २ मा रहेका सात टिममध्ये शीर्ष पाँचमा रहने टिमले मात्र एक दिवसीय मान्यता कायम राख्ने भएकाले नेपाल चौथो स्थानमा उक्लदै एक दिवसीय मान्यता सुरक्षित गरेको हो । अब नेपालले दुई खेलमात्र खेल्न बाँकी छ । यी दुवै खेल जिते नेपाल विश्वकप छनोटमा सिधै छानिने छ ।