कांग्रेसमा प्रधानमन्त्री ओलीको राजीनामाको माग उठ्यो - रुपान्तरण
 २०८१ माघ २४, बिहीबार    

कांग्रेसमा प्रधानमन्त्री ओलीको राजीनामाको माग उठ्यो


काठमाडौं । नेपाली कांग्रेसमा नयाँ सत्ता समीकरणको विषयलाई लिएर विवाद भएको छ । त्यस्तै केपी शर्मा ओलीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने माग उठेको छ ।

नयाँ सरकार गठनका लागि पार्टीले अग्रसरता लिने निर्णय कांग्रेस केन्द्रीय समिति बैठकले गरेको हो । केन्द्रीय कार्यसमिति बैठक सुरु हुनुअघि भएको छलफलमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भनाभन समेत भएको थियो ।

पार्टी कार्यालय सानेपामा शीर्ष नेताहरूबीच भएको छलफलमा देउवा र पौडेलबीच नयाँ सत्ता समीकरणको विषयलाई लिएर चर्काचर्की भएको स्रोतले जनाएको छ ।

छलफलमा पौडेलले नयाँ सरकार बनाउन कांग्रेसले पहल कदमी गर्नुपर्ने र कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्नेमा जोड दिएका थिए । पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेर नयाँ सत्तासमीकरणमा लाग्नुपर्ने उनको भनाइ थियो ।

तर, सभापति देउवा भने अहिले नै ओलीको राजीनामा माग्ने पक्षमा छैनन् । उनीले अहिलेको अवस्थामा ओलीको राजीनामा माग्न नहुने बताउँदै अन्य दलको अवस्था हेरेर मात्र पार्टीले निर्णय गर्नुपर्ने धारणा राखेका थिए ।

यस्तै छलफलका क्रममा संस्थापन पक्षले राधेश्याम अधिकारीको नेतृत्वको निर्वाचन समितिले टुङ्गाएका जिल्लाहरूको समायोजन चित्तबुझ्दो नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।