मख्ख छन नारायणकाजी, दंग छन आइजीपी - रुपान्तरण
 २०८१ बैशाख २४, सोमबार    

मख्ख छन नारायणकाजी, दंग छन आइजीपी


काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा सबैभन्दा खुशी उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी आइजीपी वसन्त बहादुर कुँवर छन् । किनकी उनीहरुकै हिम्मतले उक्त प्रकरणका हाइप्रोफाइल हिरासतमा पुगेका छन् । जसका कारण मुलुकको गृह प्रशासनको तारिफ भइरहेको छ । अन्तर्राष्ट्रिय समुदायमा समेत चर्चा हुने गरी नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले निकै प्रशंसनीय काम गरेको छ ।

नक्कली भुटानी शरणर्थी बनाएर अमेरिका पुर्‍याएको आरोपमा हाईप्रोफाईल व्यक्तिलाई पक्राउ गरेकोमा गृह मन्त्रालयदेखि लिएर प्रहरी प्रशासन प्रशंसाका पात्र बनेका हुन । यसको सबैभन्दा बढी जस गृहमन्त्री श्रेष्ठले पाएका छन् । सुशासनलाई सत्ताको सिंढी बनाउने र सत्तामा पुगेपछि भ्रष्टाचार संस्थागत गर्ने दलका नेताहरुको दशकौंदेखि स्थापित कार्यशैलीबाट दिक्क बनेका नागरिक सरकारको तदारुकताबाट आशावादी बनेको छन् ।

यसअघि चर्चित भ्रष्टाचार काण्डमा संलग्न भएका हाईप्रोफाईल व्यक्तिहरुलाई सरकारको तर्फबाट नै संरक्षण हुँदै आएका छन् । वाइडबडी घोटाला काण्ड, बाँसबारी जग्गा घोटाला, बालमन्दिर जग्गा, मातातीर्थ जग्गा, यती, ओम्नी, लडाकु शिविरका घोटाल, सीसीटीभी फुटेज, बजेटमा बिचौलियालगायतका दर्जनौं काण्डलाई सरकार पक्षबाट नै संरक्षण हुँदै आएका नजिर छन् ।

तर, नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग मिलिभगत गरेको आरोपमा प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरेको छ । भने एमाले सांसद सचिव टोपबहादुर रायमाझीलाई पक्राउ पूर्जी जारी गरिसकेको छ । यद्यपी रायमाझी फरार छन् । त्यस्तै, यो घटनामा थुर्पै हाईप्रोफाईल व्यक्तिहरुको नाम जोडिएको छ भने, कतिपयलाई प्रहरीले पक्राउ गरिसकेको छ । यसले नागरिकको आशा जगाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार तथा प्रहरीको पछिल्लो कदमको संसद देखि सदनसम्म, सामाजिक सञ्जाल देखि लिएर आमरुपमै तारिफयोग्य छ । अबका दिनमा भएका अनियमितताका घटना ब्यूँताएर दोषीलाई कारवाही गर्नुपर्ने माग उनीहरुले उठाएका छन् ।

एकातिर लाखौं जनशक्ति काम नपाएर विदेश भौंतारिनुपर्ने अर्कातिर सीमित वर्ग राजनीतिका नाममा सधैं गोरखधन्दा चलाउने अवस्थाको अन्त्य हुनुपर्ने आमनागरिकको मत छ । यदि राजनीतिक नेतृत्व थोरै मात्र पनि इमान्दार हुने हो भने सुशासनको गन्तव्य टाढा छैन । यता, काम नगर्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याउने र तत्काल काम देखाउनुपर्ने भनेर स्थलगत अध्ययनमार्फ कारबाही पनि गरेका का श्रेष्ठ चर्चाको पात्र बनिरहेका छन् । हिजोका दिनमा उनको आलोचना गर्नेहरु पनि अहिले श्रेष्ठको कदमबाट खुसी भएर बधाई दिइरहेका छन् ।

"