नक्कली भुटानी शरणार्थी प्रकरणको आक्रोश सडकमा - रुपान्तरण
 २०८१ बैशाख २४, सोमबार    

नक्कली भुटानी शरणार्थी प्रकरणको आक्रोश सडकमा


काठमाडौं । भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन भएको छ । काठमाडौंको नक्सालस्थित नारायणचौरमा उपस्थित भएका सयौं प्रदर्शनकारीले भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन । भ्रष्टाचारीलाई कारबाही गर, सामूहिक भ्रष्टाचार राज्य विरुद्धको अपराध हो जस्ता प्लेकार्ड बोकेर प्रदर्शनकारीरु जम्मा भएका थिए ।

देशैभरमा भ्रष्टाचार विरुद्धको अभियानमा नागरिक सडकमा उत्रिएका छन् । यो भभियानमा भोलि देशको नेतृत्व हाँक्न सक्ने हैसियत भएका युवा नेताहरु सहभागी भएका छन् । सो क्रममा नक्सालको नारायणचौरमा विभिन्न दलका नेताहरु, विभिन्न संघ संस्थाहरुको सहभागीतामा स्वतन्त्र रुपमा भ्रष्टाचारविरुद्ध प्रदर्शन भएको हो ।

अहिले चलिरहेको नक्कली भुटानी शरणार्थी ठगीमा उच्चस्तरका नेताहरुसमेत मुछिएपछि सबैलाई पक्राउ गर्न दबाब दिन प्रदर्शन गरिएको हो । विभिन्न पम्प्लेट र ब्यानरका साथ नाचगान गरी दबाबमुलक प्रदर्शन गरिएको हो ।

यता, माइतीघर मण्डलामा विभिन्न दलका नेताहरु, विभिन्न संघ संस्थाहरुको सहभागीतामा स्वतन्त्र रुपमा भ्रष्टाचारविरुद्ध प्रदर्शन भएको छ । नक्कली भुटानी शरणार्थी ठगीमा उच्चस्तरका नेताहरुसमेत मुछिएपछि सबैलाई पक्राउ गर्न दबाब दिन प्रदर्शन गरिएको हो । विभिन्न पम्प्लेट र ब्यानरका साथ नाचगान गरी दबाबमुलक प्रदर्शन गरिएको हो ।

्रप्रदर्शनका बारेमा नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, रास्वपा सभापति रवि लामिछाने, एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री, एमाले नेता ठाकुर गैरे, नागरिक अगुवाहरू प्राडा गोविन्द केसी, प्राडा केदारभक्त माथेमा, भोजराज पोखरेल, देवेन्द्रराज पाण्डेलगायतले ऐक्यवद्धता जनाएका छन् ।

गगनले शुक्रबार नै लेखेका छन्– ‘भ्रष्टाचारविरुद्धको अभियानमा जो जहाँ छौं, त्यहीबाट आवाज उठाऔं, खबरदारी गरौं, दबाब दिऔं। नागरिकस्तरबाट हुने जनदबाबमूलक अभियानले भ्रष्टाचार नियन्त्रणका लागि सरकारबाट भएका प्रयासलाई थप मद्दत पुग्नेछ, सदन र पार्टीहरूभित्र उठिरहेका आवाजलाई ठूलो बल पुग्नेछ। कार्यक्रमहरु प्रति ऐक्यबद्धता ।’

रास्वपा सभापति लामिछानेले लेखेका छन्, ‘भ्रष्टाचार यो देशको साझा दुश्मन हो। त्यसैले म दलको नेता भएर होइन सचेत नागरिक भएर यहि कार्यक्रममा सहभागी हुदैछु।राम्रो काम जसले गरेपनि सघाउनु पर्छ।देश भर यस्ता कार्यक्रम जहाँ जसले गरेपनि पार्टीको झण्डा,नारा नबोकी रास्वपा समर्थकहरु सकेसम्म सहभागी हुनु होला।भ्रस्टाचार विरुद्ध एक हौं ।’

"

"