कामीरिती शेर्पा २७औं पटक सगरमाथाको चुचुरोमा - रुपान्तरण
 २०८३ बैशाख १९, शनिबार    

कामीरिती शेर्पा २७औं पटक सगरमाथाको चुचुरोमा


काठमाडौं । नेपाली पर्वतारोही कामीरिती शेर्पाले २७औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। शेर्पाले बुधबार बिहान ८स्३० बजे सगरमाथाको चुचुरो चुमेको सेभेन समिट ट्रेकले जनाएको छ।

कामीरिताले यसअघिको आफ्नो रेकर्ड तोड्दै सगरमाथा आरोहणमा ‘विश्व कीर्तिमान’ कायम गरेका हुन्। सोलुखुम्बको थामे गाउँका स्थायी बासिन्दा शेर्पाको जन्म २०२६ साल पुस १८ गते भएको थियो। उनी २०४८ सालदेखि पर्वतारोहणको क्षेत्रमा संलग्न भएका थिए। पहिलोपटक २०४८ सालमा उनी सहयोगी कर्मचारीको रूपमा सगरमाथा आरोहणमा सामेल भएका थिए।

२७ पटक सगरमाथा आरोहण गरेका शेर्पाले विश्वको दोस्रो सर्वोच्च शिखर पाकिस्तानको के टू हिमालको पनि आरोहण गरेका छन्। यस्तै, चीन ९तिब्बत०को चो ओयु हिमालसहित ल्होत्से र मनास्लु हिमालको पनि सफल आरोहण गरेका छन्।