नेपाल र भारतबीच सातवटा सम्झौता - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

नेपाल र भारतबीच सातवटा सम्झौता


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच सातवटा संझौता भएको छन् । नेपाल र भारतको प्रतिनिधिमण्डल स्तरीय वार्तापछि ती संझौता भएका हुन् ।

दुइ देशबीच क्रस बोर्डर डिजिटल पेमेन्ट, पारवहन सम्झौता नवीकरण, पेट्रोलियम पाइपलाइनलाई भारतको सिलगुडीलेखि नेपालको झापासम्म निर्माण गर्ने लगायतका मुख्य संझौता भएका छन् । प्रतिनिधिमण्डल स्तरीय वार्तापछि प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीद्वारा आयोजित संयुक्त पत्रकार सम्मेलनमा यस्तो जानकारी लिइएको हो ।

-पेट्रोलियम पाईपलाईन अमलेखगञ्जबाट चितवनसम्म ल्याउने र सिलीगुड़ीबाट झापासम्म निर्माण गर्ने कार्यको समझदारी

-तल्लो अरुण जलबिद्युत आयोजनाबाट भारतीय कम्पनीले नेपाललाई बिजुली दिने संझौता

-क्रस बोर्डर पेमेन्ट समझदारी

-सुनौली भैरहवा इन्टीग्रेटेड चेकपोस्टको शिलान्यास

-परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुषामा स्वराज इन्सटिच्यूटबीच सहकार्य गर्ने समझदारी

-चाँदनी दोधारामा एकीकृत जाँच चौकी बनाउने

-फुकोट कर्णाली हाईड्रोपावर प्रोजेक्ट सम्झौता

यस्तै प्रधानमन्त्री ‘प्रचण्ड’ले विहीबार भ्रमण पुस्तिकामा हस्ताक्षर पनि गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयमा रहेको भ्रमण पुस्तिकामा प्रधानमन्त्री प्रचण्डले हस्ताक्षर गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले हस्ताक्षर गर्नुभएको कलम भारतका प्रधानमन्त्री मोदीले उपहारमा प्रदान गरेका थिए । प्रधानमन्त्री प्रचण्डलाई उपहार स्वरूप भारतका प्रधानमन्त्री मोदीले कलम प्रदान गरेका हुन् ।