काठमाडौं । शुक्रबार राष्ट्रपतिबाट पदक वितरण समारोहमा सार्वजनिक गरिएको नेपालको नक्शामा लिपुलेक, कालापानी र लिम्पियाधुरा नसमेटिएको भन्दै युवा संघ नेपालले आपत्ति जनाएको छ ।
एमालेको खनाल–नेपाल पक्षधर संघका अध्यक्ष नरेश साहीले विज्ञप्ति जारी गर्दै ओली सरकार राष्ट्रवाद छ भन्नु भ्रम मात्र हो भनेका छन् ।
‘नेपालको नयाँ नक्शा सार्वजनिक गर्ने भनेर नेपाली जनतालाई झुक्याउने कुरा गरेता पनि त्यो सत्ता टिकाउने भ्रम मात्र हो भन्ने कुरा प्रकाशन भइसकेको पुस्तक वितरणमा रोक लगाउने, परराष्ट्रमन्त्री भारत पठाई भारतले भने अनुसार नक्शा जारीको प्रतिज्ञा गर्ने र महाकालीको छेउमै पुगेर नक्शाका विषयमा नबोल्ने कुराले प्रष्ट पार्दछ, ओलीमा राष्ट्रबाद भन्नु भ्रम मात्र हो’, विज्ञप्तिमा भनिएको छ ।
उक्त विषयलाई लिएर राष्ट्र र राष्ट्रियताका लागि एकचोटी फेरि राष्ट्रघाती सरकारविरुद्ध एकजुट हुन आब्हान गर्दै संघले देशभर विरोध प्रर्दशन गर्न निर्देशन पनि दिएको छ । संघले यस्ता राष्ट्र विरोधी कार्य सच्याउन र नदोहोर्याउन पनि आग्रह गरेको छ ।