बामदेव गौतम एमालेमै ! - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

बामदेव गौतम एमालेमै !


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बामदेव गौतमको पार्टी सदस्यता एमालेमै रहेको बताएका छन् । बुधवार अपरान्ह संघीय संसद भवन परिसरमा सञ्चारकर्मीले एमालेमा ७० वर्षे उम्मेर हद हटाउने भएपछि बामदेव गौतम एमालेमै आउने भन्नु भएको छनि भन्ने प्रश्न गरेपछि ओलीले सो कुरा बताएका हुन् । ओलीले अब थप केही कुरा छ र ? भन्ने प्रतिक्रिया दिए । उनले यसबीचमा पनि गौतमले पार्टी एकता अभियान चलाएको र नयाँ पार्टी नबनाएको बताए ।

ओलीले भने – ‘उहाँले सदस्यता ती छ भन्नु भयो होइन । अनि, कुरा बाँकी छ केही छ थप कुरा रु उहाँले बीचमा पार्टी होइन एउटा फोरम बनाउनु भयो । एकता अभियान चलाउनु भयो । त्यो अभियान मात्रै हो । पार्टी खोलेको होइन । एमालेमा जान्छु भन्नुभएको छ । त्यो ठिक छ । ठिक छ । उहाँको पार्टी सदस्यता एमालेमै छ ।’

ओलीले एमालेमा जान्छु भन्ने गौतमको भनाई ठिक भएको पनि बताए । गत साता बसेको एमाले केन्द्रीय सचिवालय बैठकमा नेताहरुबीच पार्टीमा ७० वर्षे उमेर हद खारेज गर्ने सहमति बनेको थियो । यता गौतमले पनिएमालेमा प्रवेश गर्न तयार भएको प्रतिक्रिया दिएका छन् । पार्टीको कार्यकारी पदका लागि ७० वर्षे उमेरहद निलम्वन गर्ने एमालेले निर्णय गरेलगत्तै उनले बुधवार अपरान्ह संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ आफूसँग रहेका साथीहरुसहित एमालेमै फर्कन आफू तयार रहेको प्रतिक्रिया दिएका हुन् ।

तर त्यसका लागि अध्यक्ष ओलीले आफूलाई प्रस्ताव गर्नुपर्ने एमालेका उपाध्यक्ष समेत रहिसक्नु भएको गौतमको शर्त छ । विगतमा आफूलाई रोक्नकै लागि सो प्रश्ताव ल्याइएको गौतमको बुझाई छ । उनले एमाले ओलीसँग भएकाले ओलीले नै आफूलाई पार्टीमा आउन भन्नुपर्ने तर्क गरे । एमाले आफूले निर्माण गरेको पार्टी रहेको भन्दै गौतमले एमालेप्रति माया लाग्ने बताए । उनले आफ्नो पार्टी सदस्यता पनि एमालेमै रहेको बताए ।