८७ करोडको सिंहदरबार - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

८७ करोडको सिंहदरबार


काठमाडौं । विनाशकारी भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको सिंहदरबारको पुनःनिर्माण गरिएको छ ।

निर्माण सम्पन्न पश्चिमबाहेकका तीनवटा मोहडाको प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार उ्दघाटन गरे । पुनःनिर्माणमा ८७ करोड रुपैयाँ खर्च भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

उद्घाटनपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय यही भवनमा सरेको छ । भौतिक प्रवलीकरणपछि अत्याधुनिक सुविधा सम्पन्न बनाउन भवनमा आपतकालीन तथा अग्नि नियन्त्रक संयन्त्रका अलावा कार्यालयमा २४ सै घन्टा उपलब्ध हुने ताजा हावासहितको वातानुकुलन प्रणाली जडान गरिएको छ ।तस्विर सौजन्य : राजन काफ्ले(प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालय)