अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लू काठमाडौंमा - रुपान्तरण
 २०८१ बैशाख २०, बिहीबार    

अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लू काठमाडौंमा


काठमाडौं । अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लू काठमाडौं आएका छन् । अमेरिकी विदेश मन्त्रालयको मध्य तथा दक्षिण एसिया सम्बन्धी मामला हेर्ने लू दक्षिण एसियाली मुलुकको भ्रमणका क्रममा काठमाडौं आएका हुन् ।

उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेटवार्ता गरेका छन् । भेटमा नेपाल-अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल भएको देउवाले ट्वीट गरेर जानकारी दिएका छन् ।

‘अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूसँग फलदायी भेटघाट गर्न पाउँदा खुसी लागेको छ,’ भेटपछि देउवाले ट्वीट गरेका छन्, ‘नेपाल(अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल भयो, नेपालको विकास र शान्ति, लोकतन्त्रको प्रवर्द्धनमा अमेरिकी सरकार र लूको अटल सहयोगका लागि कृतज्ञ छु ।’

उनले परराष्ट्रमन्त्री एनपी साउदसँग, त्यसपछि विदेश मन्त्री लूले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । नेपालीहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा अनुपम सीप प्रदान गर्न उीहरूले गरेका प्रयासका बारेमा पनि बुझ्ने कार्यक्रम रहेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।