कोशी प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि दौडधुप - रुपान्तरण
 २०८१ बैशाख १५, शनिबार    

कोशी प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि दौडधुप


काठमाडौं । कोशी प्रदेशका प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि आब्हन गरेका छन् । खापुङले शुक्रबार गर्दै नयाँ सरकार गठनका लागि साउन १६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८(२) बमोजिम आह्वान गरेका हुन् ।

सर्वोच्च अदालतले हिजो बिहिबार मुख्यमन्त्री उद्धव थापाको नियुक्ती बदर गर्दै साउन १७ गते भित्र नयाँ रिकार गठन गर्न आदेश दिएपछि प्रदेश प्रमुख खापुङले सरकार गठनका लागि आब्हन गरेका थिए ।

गत असार २१ मा कोशी प्रदेश सभाका समाभुख बाबुराम गौतमले कांग्रेस संसदीय दलका नेता थापालाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका थिए । त्यसबिरुद्ध एमाले प्रदेश संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले सभामुखको हस्ताक्षर संविधान बिपरित भएको भन्दै दायर रिट निवेदनमा सर्वोच्चले सभामुखले हस्ताक्षर गर्न नमिल्ले र थापा नेतृत्वको सरकार अवैधानिक भएको भन्दै नयाँ सरकार गठन गर्न बिहिबार आदेश दिएको थियो ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र कुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा मुख्यमन्त्री नियुक्ति तथा सरकार गठन सन्दर्भमा सर्वोच्च अदालतको आदेशबमोजिम नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गर्नुभएको उल्लेख छ ।

नयाँ सरकार गठन आब्हान सँगै नेताहरुले दौडधुप बढाएका छन् । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कांग्रेससँग सहमति गरेर अगाडि बढ्ने वा अन्यलाई मुख्यमन्त्री मानेर जान पनि आफू तयार हुने संकेत गरेका छन् । यता, नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापाले सात दिनभित्रमा आफ्नै नेतृत्वमा पुनः बहुमतको दाबी लिएर प्रदेश प्रमुखसमक्ष जाने बताएका छन् ।