कृष्ण समिपले ल्याए रेगे शैलीको ‘ए भन्दे वतास’ गीत (भिडियो) - रुपान्तरण
 २०८१ बैशाख २२, शनिबार    

कृष्ण समिपले ल्याए रेगे शैलीको ‘ए भन्दे वतास’ गीत (भिडियो)


काठमाडौं । आफ्ना गीतहरुमार्फत संगीतमा नयाँ स्वाद पस्किन चाहने गायक एवम संचारकर्मी कृष्ण समिम सुवेदीले ‘ए भन्दे वतास’ बोलको गीत लिएर आएका छन् । आधुनिक, लोकआधुनिक, लोकपपलगायतका विधामा धेरै गीतहरु बजारमा ल्याइसकेका सुवेदीले पछिल्लो गीत रेगे शैलीमा ल्याएका छन् ।

शब्द, संगीत र गायन मात्र होइन अभिनयमा पनि आफैं उत्रिने गरेका सुवेदीले ‘ए भन्दे वतास’लाई रेगे शैलीमा प्रश्तुत गरेका छन् । यो गीतको भिडियोमा पनि स्मारिका ढकालसँग सुवेदी आफैं देखिएका छन् । गीतमा शब्द, संगीत र स्वर पनि सुवेदीकै छ ।

कृष्ण ‘समीप’ सुवेदी नामक युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ। विसं २०६५ साल ताका ‘सिरसिर बतास’ नामक लोक तथा दोहोरी गीतबाट खुबै चर्चा बटुलेका सुवेदीले दर्जनौं गीत गाइसकेका छन् । केही महिना अघि सार्वजनिक भएको उनको चल् न माया चल्’ बोलको गीतले पनि चर्चा बटुलेको थियो ।

हालै सार्वजनिक भएको नयाँ गीतको भिडियोमा चाहीं श्यामस्वेत रसाइलीले एरेन्ज र मिक्सिङमा सहयोग गरेका छन भने दिपेन्द्र तिम्सिनाको निर्देशन तथा राजाराम सिंखडाले सहायक निर्देशकका रुपमा भूमिका निर्वाह गरेका छन् ।

सुवेदीले यसअघि ल्याएका ‘मेरा आँखामा’, ‘माझी दाइको जिन्दगी’, ‘कोरियाको चक्कर’, ‘कति राम्रो बिहानीको घाम’, ‘हेर ऐनामा’लगायतका गीत पनि धेरै रुचाइएको थियो । लोक तथा दोहोरी गीतलाई पनि आधुनिक शैलीमा गाउन र सिर्जना गर्न रूचाउने गायक सुवेदी रेडियोकर्मी समेत हुन् ।

 

"

"

"