एनआरएनए केन्द्रीय महाधिवेशनको चहलपहल शुरु - रुपान्तरण
 २०८१ जेठ ३, बिहीबार    

एनआरएनए केन्द्रीय महाधिवेशनको चहलपहल शुरु


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अक्टोवरमा हुने ११ औं महाधिवेशन हुँदैछ । केन्द्रीय नेतृत्व चयन हुने महाधिवेशनका लागि प्रतिनिधि दर्ता पनि सुरु भएको छ । यस पटकको महाधिवेशनमा करिब ४२ सय प्रतिनिधि छनोट हुने अनुमान गरिएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार पहिलो चरणमा अगष्ट २६ तारिख सम्म संघका पूर्व पदाधिकारीहरुले ‘स्मार्ट एनआरएनए’ एप मार्फत आफ्नो प्रतिनिधि दावी गर्न पाउने छन् । बांकी १० प्रतिशत प्रतिनिधि संघको विधान अनुरुप संघको राष्ट्रिय समितिको कार्यसमितिको सिफारिशमा अगष्ट ३० तारिखसम्म केन्द्रमा पठाउनु पर्नेछ । आवेदन दिने र छनोट प्रकृयामा गत वर्ष भन्दा केही फरक बनाइएको छ ।

एनआरएनए आगामी नेतृत्वका लागि डा.बद्री केसी, डा.केशब पौडेल, महेश श्रेष्ठ, डा।हेम राज शर्मा, रविना थापा, सुनिल शाह र आरके शर्माले उम्मेदवारी घोषणा गरेका छन् ।महाधिवेशन प्रतिनिधिहरुको नाम दर्ता गैरआवासीय नेपाली संघको संशोधित विधान २०२२ को दफा १३.७, अनुसूची ६ र ६ क र अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधि ब्यवस्थानपन नियमावलीमा व्यवस्था भए बमोजिम हुने सचिबालयले जनाएको छ ।

गैरआवासीय नेपाली संघको विधान २०२२ को दफा २४.१ मा ३१ जुलाई भित्र राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने र विधानको दफा १३.७ मा उल्लेखित अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिहरुको तोकिएको विवरण ३१ अगष्टसम्म अन्तर्राष्ट्रिय समन्वय परिषदको सचिवालयमा पेश गर्नु पर्ने पनि सचिबलायले जारी गरेको सूचनामा उल्लेख छ ।