वैशाख मसान्तसम्म विद्यालय बन्द गर्न सिफारिस - रुपान्तरण
 २०७८ जेठ २, आईतबार    

वैशाख मसान्तसम्म विद्यालय बन्द गर्न सिफारिस


काठमाडौं । नेपालमा कोरोनाको जोखिम बढ्दै गएपछि कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ ।

शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले शहरी र कोरोनाबाट अति प्रभावित क्षेत्रका विद्यालय बैशाख महिनाभरी बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले ग्रामीण एवं अन्य क्षेत्रको हकमा भने प्रदेश र स्थानीय तहलाई जिम्मा दिने निर्णय गरेको हो । यसअघि शिक्षा मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरेर डीसीसीएमसीको समन्वयमा पालिकाले विद्यालय बन्द वा खुला गर्न सक्ने जनाएको थियो ।

सिसिएसीले गरेको सिफारिसलाई मन्त्रिपरिषद्ले पारित गरेपछि मात्र कार्यान्वयनमा आउने छ । यता, स्वास्थ्य मन्त्रालयले अति जोखिम १४ जिल्लाका बालबालिकालाई विद्यालय नपठाउन आग्रह गरे पनि ती जिल्लाका स्थानीय तहले पूर्णरूपमा विद्यालय बन्द गर्न मानेका छैनन् ।