राजर्षि गुरुकुलले अन्तर विद्यालय फुटसल प्रतियोगिता आयोजना गर्ने - रुपान्तरण
 २०८१ बैशाख १७, सोमबार    

राजर्षि गुरुकुलले अन्तर विद्यालय फुटसल प्रतियोगिता आयोजना गर्ने


काठमाडौं । भक्तपुरको सल्लाघारीस्थित राजर्षि गुरुकुलको आयोजनामा यही भदौ ६ देखि १२ गतेसम्म अन्तर विद्यालय फुटसल प्रतियोगिताको हुने भएको छ ।

यस प्रतियोगितामा उपत्यकाका २१ विद्यालयका २७ टिमले भाग लिने प्रतियोगिताका कार्यक्रम संयोजक मुकेश दङ्गालले बताए ।

प्रतियोगितामा १९ पुरुष र ८ महिला टोलीको सहभागी रहनेछ । प्रतियोगिताको टाइसिट सोमबार सार्वजनिक गरिएको छ । प्रतियोगिता लिग कम नकाउटको आधारमा खेलाइनेछ ।

विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि तथा आकर्षण बढाउने उद्देश्यले यस प्रतियोगिता आयोजना गर्न लागेको हो ।

यसैगरी यसबाट भविष्यमा विद्यार्थीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी बन्न प्रोत्साहन मिल्ने राजर्षि गुरुकुलको विश्वास छ ।

यस खेलकुदको संचालन नेपालका फुटबल प्रशिक्षक उर्जन श्रेष्ठको सयोजकत्वमा संचालन हुने विद्यालयका इसिए संयोजक कमल खड्काले जानकारी दिए ।

खेलकुदको विभिन्न जानकारी एवम् समयतालिका राजर्षी गुरुकुलको आधिकारिक फेसबुक पेजमा राखिने छ ।