नेपाली डायस्पोरासँग परिसंघले सदैव सहकार्य गर्छ - रुपान्तरण
 २०८१ बैशाख २२, शनिबार    

नेपाली डायस्पोरासँग परिसंघले सदैव सहकार्य गर्छ


काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएन)का अध्यक्ष र नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालबीच भदौ ५ गते मंगलबार भेट भएको छ । भेटमा संघका कार्यकारी अध्यक्ष डा बद्री केसीले आगामी अक्टोबरमा आयोजना हुने गैरआवासीय नेपाली विश्व समेलन, ज्ञान तथा महिला र युवा सम्मेलनको बारेमा जानकारी गराए ।

उक्त भेटमा परिसंघका अध्यक्ष अग्रवालले नेपाली डायस्पोरासँग परिसंघले सदैव सहकार्य गर्न चाहेकोले साझेदारीका लागि आग्रह गरे । सो अवसरमा नेपालमा सहज रुपमा लगानी भित्र्याउन सहकार्य गर्ने, नीतिगत विषयमा सरकारको ध्यानाकर्षण गराउनका लागि परिसंघले पनि भूमिका खेल्ने, आर्थिक विकासका लागि मित्रवत् साझेदारी गर्ने लगायतका विषयमा छलफल भएको थियो ।

भेटमा परिसंघका अध्यक्ष अग्रवालसहित अन्य प्रतिनिधि र एनआरएनका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र राउत, एनआरएन नेपाल डेभलप्मेन्ट फण्डका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईको उपस्थिति रहेको थियो ।