दुई सय ९० जनाविरुद्ध मुद्दा दायर - रुपान्तरण
 २०८१ बैशाख १७, सोमबार    

दुई सय ९० जनाविरुद्ध मुद्दा दायर


काठमाडौँ । बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा दुई सय ९० जनाविरुद्ध मुद्दा दायर भएको छ । जसमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्री, बहालवाला सचिव कृष्णबहादुर राउत, सहसचिव सुशील वैद्य, ६ पूर्वसचिवसमेत रहेका छन् ।

उनीहरुविरुद्ध आइतबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको हो । अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार उनीहरूमाथि कीर्तेमा मुद्दा दायर भएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २८६ जनाविरुद्ध कीर्ते र संगठित अपराधमा मुद्दा चलाउन राय दिएकामा जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार २९० जनाविरुद्ध अभियोजन गर्ने निर्णय गरी अदालत गएको हो । सरकारी वकिलको कार्यालयले कीर्तेमा मात्र मुद्दा चलाएको हो ।

 

"