नेपालको नक्सालाई छिमेकी मुलुकहरुले सम्मान गरोस - रुपान्तरण
 २०८१ बैशाख १७, सोमबार    

नेपालको नक्सालाई छिमेकी मुलुकहरुले सम्मान गरोस


काठमाडौं । सरकारले नेपालको नक्सालाई छिमेकी मुलुकहरुले सम्मान गर्नुपर्ने बताएको छ । परराष्ट्र मन्त्रालय कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटिएको राजनीतिक नक्सामा नेपाल स्पष्ट र दृढ रहेको बताएको हो ।

शुक्रबार विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले नेपालको संसद्ले पास गरेको नक्सामा नेपाल स्पष्ट रहेको बताएको हो । चीनले २८ अगस्ट २०२३ मा जारी गरेको ‘स्ट्यान्डर्ड म्याप’मा नेपालको चुच्चे पुरानै नक्सा देखिएपछि मन्त्रालयले आफ्नो धारणा प्रष्ट पारेको हो ।

विज्ञप्तिमा भनिएको छ, “सन् २०२० मा नेपालको संसद्ले सर्वसम्मतिले स्वीकृत गरेको राजनीतिक र प्रशासनिक नक्सामा नेपाल दृढ र स्पष्ट उभिएको छ,” त्यस्तै विज्ञप्तिमा भनिएको छ, “यो नक्सालाई हाम्रा छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ भन्ने नेपाल सरकार स्पष्ट रूपमा विश्वास गर्छ ।”

यता, चीनले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी हटाएर जारी गरेको नक्सा माथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ माग्ने बताएका छन् । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीको चीन भ्रमणमा चुच्चो हटाएर जारी गरेको नेपालको नक्साबारे जवाफ माग्ने बताएका हुन् ।

उनले नेपाली भूमि नेपालको नक्सामा नदेखाइएको यस विषयमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्ने बताए । उनले चीनको यस कदमबारे स्पष्ट हुनका लागि कूटनीतिक पहलकदमी बढाउनुपर्ने पनि बताए ।

त्यस्तै, पूर्वसुरक्षाकर्मी परिषद् नेपालले चीनले जारी गरेको नक्सामा नेपालको भू–भागलाई भारततर्फ देखाएको भन्दै आपत्तिजनाएको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलन गर्दै परिषद्ले चीनले आफ्नोसहित छिमेकी राष्ट्रहरुको नक्साजारी गर्दा नेपालको भू–भागभारतको नक्सामादेखाउनुले गम्भीर आशंका र दरार उत्पन्नगराएको बताएको हो ।

चीनले भू–राजनीतिकनक्सा सार्वजनिकगर्ने क्रममालिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नेपालको नक्सालाई स्वीकार नगर्नु र उक्त भू–भागभारततर्फ देखाउनु दुई देशबीचको मिलेमत्तोको आशंका उब्जिएको पूर्व सुरक्षाकर्मी परिषद्को ठहर छ ।

चीनद्वारा प्रकाशित त्रुटीपूर्ण नक्साले सम्पूर्ण नेपालीहरुको स्वाभिमान र आत्मसम्मानलाई ठेस पुर्याएको परिषद्को बुझाइ छ । चीनसँग नेपालको सदियौदेखि छुट्टै र विशेष घनिष्ट सम्बन्ध रहँदै आएको बताउँदै परिषद्ले चीनले जारी गरेको उक्तनक्सा सच्याउन आह्वान गरेको छ ।

 

"