दिवेश पोखरेल पुनः अमेरिकन आइडलको मन्चमा - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

दिवेश पोखरेल पुनः अमेरिकन आइडलको मन्चमा


काठमाडौं । अमेरिकन आइडलको १९औं संस्करणमा १८औं संस्करणका नेपालीमूलका उपविजेता दिवेश पोखरेल प्रतिस्पर्धी बन्ने भएका छन् । गत बर्ष १८औं संस्करणमा महामारिका कारण भौतिक रुपमा उपस्थित हुन नभई घरबाटै प्रस्तुत गर्नु परेको थियो ।

यस बर्ष २०२० का शीर्ष १० मा पुग्न सफल सबै कलाकारहरुलाई आयोजकले निमन्त्रणा दिएकोले दिवेश पोखरेल(अर्थर गन)सहितले सहभागी जनाउने भएका छन् ।

आगामी सोमबार अप्रिल १९ देखि प्रारम्भ हुने १९औं अमेरिकन आइडलमा पुनः नेपाली मूलका दिवेश पोखरेलको प्रस्तुति देख्न पाइने भएको छ । सन् २०२० का शीर्ष १० मा पुग्ने सिनाय एलिस, आलियाना जेस्टर, लुइस नाइट, निक मेरिको लगायत दिवेशले सुवर्ण अवसर पाउने भएका छन् । उक्त समाचार स्क्रिनर्यान्ट डटकमले समाचार लेखेको छ ।

दिवेशले सामाजिक संजाल मार्फत आफ्नो प्रचार प्रसार प्रारम्भ गरेका छन् । १८ औ अमेरिकन आइडलमा अत्यन्तै राम्रो प्रस्तुति गरेका पोखरेल बिजेता बन्न सक्ने अपेक्षा गरिएको थियो भने नेपाली समुदायलाई ठूलो सहयोग गरेका थिए । उनी १८औं अमेरिकन आइडल हात पार्नबाट चुकेका थिए भने गत बर्ष युवती जस्ट स्याम विजेता भएकी थिइन् । अमेरिकन आइडलको इतिहासमा यसरी प्रतिस्प्रद्धामा भाग लिई सकेका त्यसमा पनि शीर्ष १० मा पुगेकालाई बिरलै मौका दिने गरेको छ ।जिएनएन