हिक्मत कार्की दोस्रो पटक मुख्यमन्त्री - रुपान्तरण
 २०८१ बैशाख २०, बिहीबार    

हिक्मत कार्की दोस्रो पटक मुख्यमन्त्री


काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङले एमालेका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

कार्की नेपालको संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका हुन् । कार्की दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका हुन् ।

गत पुस २४ गते पहिलो पटक मुख्यमन्त्री नियुक्त भएका कार्की विश्वासको मत पाउन नसकेपछि गत असार १५ मा पदमुक्त भएका थिए । सर्वोच्च अदालतले उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक ठहर गरेपछि शुक्रबार कार्कीले पुनः मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

नवनियुक्त कार्कीले पहिलो दिन नै तीनजना मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन् । एमाले सांसद तिलकुमार मेन्याङ्बो खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री बनेका छन् । एकराज कार्की भौतिक पूर्वाधार र पाँचकर्ण राई वन तथा वातारण मन्त्री बनेका छन् । एमालेकी सचेतक सिर्जना राई समाजिक विकास राज्यमन्त्री बनाउने निर्णय भएको एमाले कोसी प्रदेश संसदीय दलले जनाएको छ ।