माईजोगमाई प्रकरणः नेविसंघले मन्त्री र गृहसचिबलाई गरायो ध्यानाकर्षण, उच्च स्तरीय समितिको माग - रुपान्तरण
 २०८१ बैशाख २०, बिहीबार    

माईजोगमाई प्रकरणः नेविसंघले मन्त्री र गृहसचिबलाई गरायो ध्यानाकर्षण, उच्च स्तरीय समितिको माग


काठमाडौं । नेविसंघ इलाम काठमाडौं सम्पर्क समितिले इलामको माईजोगमाई गाउँपालिका कार्यालय भवनमा भएको आगलागी र कार्यालयमा लेखा अधिकृतसंग प्रमुख प्रशासकीय अधिकृतले अनैतिक क्रियाकलाप गरेको घट्नाप्रति सत्यतथ्य बाहिर ल्याइ आवश्यक कारवाही गर्न माग गरेको छ ।

सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी र गृह सचिब दिनेश भट्टराईलाई ध्यानाकर्षण पत्र बुझाउँदै घटनाबारे सम्बन्धित निकायले दोष लुकाउने प्रयास गरिरहेकाले उक्तबारे गहन अध्ययन र अनुसन्धान गरी सार्वजनिक गर्न माग गरेको हो ।

नेविसंघका केन्द्रीय सदस्य संजिव ढकाल, सम्पर्क समितिका सभापति पुजन चाम्लिङ राई, सचिब अरन्त निरौला, सदस्य सूर्यमान तामाङ, अनुराग जबेगुलगायतको टोलीले मन्त्री अनितादेवी र गृहसचिब भट्टराईलाई मन्त्रालयमै भेटेर उच्चस्तरीय छानविन समिति बनाएर घटनाको सत्यतत्य बाहिर ल्याउन माग गरेको हो । मिति २०८०।०४।१८ गतेका दिन पालिकाको कार्यालयमा आगलागी भइ सीसी टिभी र महत्वपूर्ण कागजात जलेर नष्ट भएको तर छानविन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा दोष लुगाउने प्रयास गरेको नेविसंघको ठहर छ ।

‘गाउँपालिकामा आगलागी भएपश्चात विभिन्न सामाजिक संजालमा स्थानीय कर्मचारीको अर्मयादित क्रियाकलापको भिडियो छ भनिनु र त्यो भिडियो बाहिरिन समय लाग्नु, पालिका प्रमुखको कार्यकक्षको स्क्रिनबाट भिडियो बाहिरिनु साथै प्रमुख प्रशासकीय अधिकृतसँग नीतिगत भ्रष्टाचारका फाइलहरु आफूसँग रहेको र आफूले चाहे निकाल्ने कुरा गर्दैगर्दा जनमानसका गुनासाहरु देखिनु र भिडियो यथार्थ रुपमा बाहिरिनुले त्यसभित्र रहस्यमय भ्रष्टाचार छ भन्ने हाम्रो ठहर हो,’ संघले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । त्यस्तै, संघले छानविन समितिमा कर्मचारीलाई संलग्न गराइनुलाई आपत्ति मानेको छ ।