प्रेम गाहा मगरले गायिकालाई ब्ल्याकमेल गरेको आरोप, शारदाले बताए वास्तविकता - रुपान्तरण
 २०८१ बैशाख २१, शुक्रबार    

प्रेम गाहा मगरले गायिकालाई ब्ल्याकमेल गरेको आरोप, शारदाले बताए वास्तविकता


काठमाडौं । आफ्नो प्रतिभा प्रश्तुतिका लागि विदेश पुग्ने नेपाली कलाकारहरुले दुःख पाएको खबरहरु बाक्लै आइरहेका छन् । यसै सिलसिलामा हाल बेलायतमा रहेकी गायिका तथा कलाकार नानु गुरुङ(सीमा)ले यस्तै दुःख पाएको खबर स्वयमले सामाजिक संजाल फेसबुक लाइभमार्फत व्यक्त गरेकी छन् ।

उनले एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरले आफुलाई ब्ल्याकमेल गरिरहेको आरोप लगाएकी छन्। त्यस्तै आयोजक संस्था स्याङ्जा समाज युके अध्यक्ष शारदा गुरुङले पनि आफुलाई टचर दिएको आरोप लगाएकी छन् । उनले आफ्नै पेजबाट फेसबुक लाइभ गर्दै स्याङ्गजा समाज युकेको कार्यक्रममा भाग लिन गत मे २७ मा आफु युके आएको तर एक साता नबित्दै समाजका अध्यक्ष सारदा गुरुङ र प्रेम गाहा मगरले दुव्र्यवहार गरेको बताएकी छन् ।

अध्यक्ष गुरुङले होटलमा गएर शारीरिक सम्पर्क राख्न प्रस्ताव राखेको गायिका गुरुङले बताइन्। आफुले उक्त प्रस्ताव अस्विकार गरेपछि फोन गरेर धाकधम्की दिनुका साथै एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरलाई भनेर आफ्नो भिसा क्यान्सल गरीदिएको उनले रुँदै बताइन्।

‘मेरो छ महिनाको भिसा हो। आफ्नो भिसा नसकिंदै म अक्टोबरमा नेपाल फर्कन टिकट काटी सकेको छु। तर मेरो करियरमा दाग लाग्ने गरी मेरो भिसा क्यान्सल गर्ने र समाचार छाप्ने काम गरिएको छ। यसमा प्रेम गाहा र सारदा गुरुङ दोषी छन्। मेरो ज्यान तलमाथि भएमा उनीहरुलाई समात्नु,,’ गुरुङले भिडियोमा भनेकी छन्। उनी एनआरएनएको स्पोन्सरमा युके गएकी हुन् ।

गायिका नानु यसअघि शारदाकी भाञ्जीको घरमा बसेकी थिइन् । बदनियत राखेर आफूसँग गलत सम्बन्धको प्रस्ताव राखिएपछि रातारात भागेर अन्य नातेदारको घरमा बसेको उनले बताइन् । यता प्रेम गाहले उनलाई पटक पटक धम्की दिएको आरोप लगाएकी छन् । उनले भनेकी छन्,‘एनआरएनए अध्यक्ष हुँ भन्दै दादागिरी देखाउने, ब्ल्याकमेल गर्ने ?’ उक्त घटनाका विषयका बारेमा स्याङ्जा समाज युकेका अध्यक्ष गुरुङले आफूमाथि नाजायज आरोप लगाएको प्रष्ट पारेका छन् । उनले एक युट्युब च्यानललाई अन्तरवार्ता दिदैं भने,‘मैंले केही गल्ती गरेको भए जस्तोसुकै कारवाही भोग्न तयार छु तर यस्तो गलत आरोप लगाउन मिल्दैन ।’

गाह मगर विवादमा
एनआरएनए यतिबेला विभाजित अवस्थामा छ । त्यसमध्ये शेष घले समूहका भनिएका प्रेम गाह मगर नानु गुरुङ घट्नाले थप विवादमा तानिएका छन् । गत वर्ष एनआरएनए यूकेका दुइ तिहाइ सदस्यहरुले बर्खास्त गरेको भएपनि आफ्ना गतिविधिहरु बढाइरहेका छन् । प्रेम गाहाले आफु नै एनआरएनए यूकेको अध्यक्ष हो भन्दै हालै नेपालमा प्रधानमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई भेटेका थिए। तर एनआरएनए युकेमा हाल हितकाजी गुरुङ आधिकारिक र वैधानिक अध्यक्ष भएको एनआरएनए हेटक्वाटर स्रोतले जनाएको छ ।

गायिकाले यौन सम्बन्ध अस्वीकार गरेपछि र नेपाल फर्किन अस्वीकार गरेको भन्दै गाह मगरले नै बेलायतको गृह मन्त्रालय (होम अफिस), युके बोर्डर एजेन्सीलाई गायिकाको भिजिट भीसा रद्ध गर्न इमेल लेखेको शारदाले अन्तरवार्ताका क्रममा बताएका छन् । भीसा रद्ध भएको नभएको भन्नेबारे आधिकारिक पुष्टी भएको छैन । उनको भीसा अवधी बाँकी रहेको दाबी गरेकी छन । उनीसँगै बेलायत गएका गायक श्याम बहादुर राना नेपाल फर्किएको आयोजकको दाबी छ । नानुको अभिव्यक्ति बाहिरिएपछि परिवार र शुभचिन्तकहरुले प्रेम गाह र शारदालाई कारवाहीको माग गरेका छन् ।

प्रेम गाहले एनआरएनएका नाममा जथाभावी गर्ने गरेको आरोप लाग्दै आएको छ । पछिल्लो समय प्रेममाथि एनआरएन कोषको सम्पत्ति हिनामिना गरेको आरोप लाग्न थालेपछि थप विवादमा तानिएका हुन । संस्थाको सम्पत्ति हिनामिना गरेको भन्दै उनि विरुद्ध आधिकारिक एनआरएनए युकेले मुद्दा दायर गर्ने तयारी गरेको बुझिएको छ ।