एनआरएनए उपाध्यक्षका प्रत्यासी रबिन शेरचनले रियालिटी शोलाई दिए १० लाख रुपैंयाँ - रुपान्तरण
 २०८१ बैशाख २२, शनिबार    

एनआरएनए उपाध्यक्षका प्रत्यासी रबिन शेरचनले रियालिटी शोलाई दिए १० लाख रुपैंयाँ


काठमाडौं । ‘खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाज’ को मूल मन्त्रका साथ ‘रियालिटी शो ‘एनआरएन द सिङगर’ प्रतियोगिताका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)को भावी उपाध्यक्षका लागि रविनप्रसाद शेरचनले ‘एनआरएन द सिङगर’का लागि १० लाख रुपैंयाँ सहयोग गरेका छन् ।

जापानमा रहेर विभिन्न नेपाली संगीत, कला, संस्कृति र सामाजिक कार्यका सहयोगी, सफल व्यवसायी शेरचनले १० लाख रुपैंयाँ सहयोग गरेको गैरआवासीय नेपाली संघ अन्तर्गतको एनआरएनए संस्कृति तथा सम्पदा समितिका अध्यक्ष तथा कार्यक्रम संयोजक गोविन्द प्रसाद गौतमले जानकारी दिए ।

सन् १९८८ मा उच्च शिक्षाको लागि विद्यार्थी भिषामा जापान पुगेका शेरचन टोकियोमा रहेका नेपालीहरूमध्येका होटल तथा रेष्टुरेण्ट व्यवसायमा स्थापित नाम हो । दुई दशकभन्दा लामो कडा मेहनत र निरन्तरको लगावले जापानमा नेपाली र जापानिज समाजमा चिरपरिचित सफल व्यवसायीका रूपमा हुन । गैरआवासीय नेपाली संघ जापानको सल्लाहकार रहेका शेरचनले यसअघि मानार्थ सदस्यमा र आईसीसी सदस्य रहेर पनि भूमिका निर्वाह गरिसकेका छन् ।

स्पेस फोरके टेलिभिजनबाट प्रसारण भइरहेको उक्त अडिसनका लागि भोटिङ खुला पनि गरिएको छ । प्रतियोगितामा गत सेप्टेम्बर ९ देखि २२ सम्म भिडियो पठाएर अडिसन गरिएको थियो । प्राप्त अडियोबाट छनोट गरिएका उत्कृष्ट ४० कलाकारका प्रस्तुतिहरु स्पेस फोरके टेलिभिजनबाट प्रसारण भइसकेका छन् ।

पहिलो सिजनमा विश्वभरबाट १३ दिनको अवधिमा ३७ देशबाट ३१२ प्रतिस्पर्धीले भिडियो अडिसन दिएको र प्रशारण योग्यबाट उत्कृष्ट ४० जना छनोट गरिएको थियो । टेलिभिजनबाट प्रशारण भएको सोही भिडियोबाट उत्कृष्ट २० मा जजहरुले नै छनोट गरेका हुन् ।

अडिसनका बेला प्राप्त भएका उत्कृष्ट ४० मध्येबाट जजहरुले २० जनाको भिडियो छनोट गरेका थिए । सोही २० जनाबीच फेरि प्रतिस्पर्धा गरेर १५ जना छनोट गरिएको छ । अबको एपिसोडमा उत्कृष्ट १५ को प्रदर्शनपछि उत्कृष्ट १२ छनोट हुने छन् ।

एनआरएनएबाट उत्कृष्ट सिंगरको खोजीका लागि जज (निर्णायक) को रुपमा वरिष्ठ गायक तथा सर्जक शम्भु राई नेपालबाट रहेका छन् भने युकेबाट शर्मिला बर्देवा र रुपककुमार शाहीसमुदा अस्ट्रियाबाट जोडिएका छन् ।

 

"