सभापति दाहालले गरे जन सम्पर्क समिति वेलायतको विस्तार - रुपान्तरण
 २०८१ बैशाख २२, शनिबार    

सभापति दाहालले गरे जन सम्पर्क समिति वेलायतको विस्तार


लन्डन । कांग्रेस निकट नेपाली जनसम्पर्क समिति बेलायत(एनपीसीसी यूके)ले कार्य समिति विस्तार गरेको छ । कार्यकारी सभापति महेश दाहालले दुई उपाध्यक्ष, एक सहमहामन्त्रस्हित सदस्यहरुको मनोनयन गरेका हुन ।

१८ अक्टोबर २०२३, मा बसेको बैठकले प्रभावशाली मानिएको बेलायत शाखामा सुरेन्द्र आमगाई र सुशील शर्माले उपाध्यक्षको जिम्मेवारी पाएका छन् भने कुल कंडेललाई सहमहामन्त्रीमा मनोनयन गरिएको महामन्त्री कुश बस्नेतले जानकारी दिए । महामन्त्री बस्नेतका अनुसार सदस्यहरुमा शशांक श्रेष्ठ, निलम तिमल्सिना, सन्तोष लामा, भानु सापकोटा, रोहिम महम्मद, शिव पुडासैनीलाई मनोनयन गरिएको छ ।

जन सम्पर्क समिति बेलायतको पाँचौ अधिवेशनमा भएको सहमति अनुसार चक्रिय प्रणाली अनुसार दाहाल हाल सभापतिको जिम्मेवारी छन् । उनले समितिलाई एकताबद्ध र संगठित बनाएर लैजाने प्रतिबद्धता पनि जनाए ।

"