माधव नेपालसहित आठ जना नेतालाई स्पष्टीकरण - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

माधव नेपालसहित आठ जना नेतालाई स्पष्टीकरण


काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहितका केन्द्रका चार निलम्बित नेता र प्रकाश ज्वाला लगायत कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने चार जनालाई अन्तिम चेतावनीसहितको स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

सोमबार बसेको केन्द्रीय कमिटी बैठकले प्रकाश ज्वालासहितका सांसद र ‘फ्लोर क्रस’ गर्ने तीन सांसद्लाई २ दिनको समयसीमासहित अन्तिम स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

अन्तिम स्पष्टीकरण सोधिनेहरूमा माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे साथै प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही, अमर थापा छन् । उनीहरूले चित्तबुझ्दो स्पष्टीकरण नदिएमा १० गते बस्ने केन्द्रीय कमिटी बैठकले कारबाही गर्ने प्रवक्ता ज्ञवालीले बताए ।

कर्णाली प्रदेशमा एमालेको नेपाल समूहका चार प्रदेशसभा सदस्यले फ्लोर क्रस गर्दै महेन्द्रबहादुर शाहीलाई मत दिएका थिए । उनीहरुकै मतका कारण शाही नेतृत्वको सरकार जोगिएको छ भने फ्लोर क्रस गर्नेमध्ये तीन जना मन्त्री समेत भइसकेका छन् ।

"