राष्ट्रपति पौडेलको युरोप भ्रमण स्थगित - रुपान्तरण
 २०८१ बैशाख २३, आईतबार    

राष्ट्रपति पौडेलको युरोप भ्रमण स्थगित


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही कात्तिक २२ गतेदेखि सुरु हुने युरोप भ्रमण स्थगित गरेका छन् । जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका कारण मुलुकमा असहज अवस्था सिर्जना भएको भन्दै पौडेलले भ्रमण स्थगित गरेका हुन् ।

पौडेल मंगलबार भूकम्प प्रभावित रूकुम पश्चिम र जाजरकोट जाने कार्यक्रम तय भएको राष्ट्रपति पौडेलको प्रेस संयोजक खिला कार्कीले जनाएक छन् ।

राष्ट्रपति पौडेल कात्तिक २२ देखि मंसीर १ गतेसम्म फ्रान्स, जर्मनी र इटलीको भ्रमणमा जाने कार्यक्रम तय भएको थियो । फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिने र त्यसपछि जर्मनी र इटालीको भ्रमणमा जाने कार्यक्रम रहेको थियो । तर भ्रमण राजकीय भ्रमण भने थिएन ।