राष्ट्रिय सभाका लागि कलाकारिताबाट कांग्रेस बाग्मतीले पठायो शाह र थापाको नाम - रुपान्तरण
 २०८१ बैशाख २२, शनिबार    

राष्ट्रिय सभाका लागि कलाकारिताबाट कांग्रेस बाग्मतीले पठायो शाह र थापाको नाम


काठमाडौं । नेपाली कांग्रेस वाग्मती प्रदेश समितिले आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि कलाकारिता पृष्ठभूमि भएका नीर शाह र धनकुमारी थापा‘सरु’को नाम सिफारिस गरेको छ ।

पार्टीको केन्द्रीय समितिले प्रदेशलाई बुधबारसम्ममा नामावली सिफारिस गर्न निर्देशन दिएको थियो। सोही बमोजिम नेपाली चलचित्रका कलाकार, निर्माता तथा निर्देशक शाह र गायिका धनकुमारी थापालाई सिफारिस गरेको हो । थापा सरु नामले चर्चित छिन् । वाग्मतीले शाह र थापाको नाम पठाएपछि त्यसलाई अर्थपूर्ण रुपले हेरिएको छ ।

कलाकारिता पृष्ठभूमिकी कोमल ओली यसअघि नेकपा एमालेबाट राष्ट्रिय सभाको सदस्य बनेकी थिइन । कांग्रेसको केन्द्रीय समितिले शाह र थापालाई राष्ट्रिय सभाको नामावलीमा समावेश गरेमा कला क्षेत्रमा सकरात्मक उर्जा संचारित हुने अनुमान गरिएको छ । राष्ट्रियसभा अध्यक्षसहित रिक्त हुन लागेका २० सिटका लागि राष्ट्रियसभाको निर्वाचन यही माघ ११ गते गर्ने तय भएको छ।

"