नेपालमा पहिलो पटक डिजिटल भिजिटिङ्ग कार्ड प्रयोगमा - रुपान्तरण
 २०८१ बैशाख २७, बिहीबार    

नेपालमा पहिलो पटक डिजिटल भिजिटिङ्ग कार्ड प्रयोगमा


काठमाडौं । नेपालमै पहिलोपटक डिजिटल कार्डको सुरुवात भएको छ । विश्वमा फड्को मारिरहेको प्रविधिको युगलाई आत्मसाथ गर्दै नेपालमा पनि डिजिटल भिजिटिङ्ग कार्ड भित्रिएको हो । यो एक ‘पेपरलेस भिजिटिङ्ग कार्ड’ हो ।

चिप प्रविधिमा आधारित कार्डमा एटिएम कार्डमा जस्तै रहने चिपमा व्यक्ति वा कम्पनीको सम्पूर्ण विवरणहरु राखिएको हुन्छ । यसलाई आफुले बिभिन्न बैंकहरुको एटिएम कार्ड बोकेझै गरी लिएर हिड्न मिल्ने हुन्छ । जस्ले गर्दा प्रयोगकर्ताको आफ्नो जानकारीहरु सजिलै सगै अन्य व्यक्तिहरुलाई दिन सकिन्छ र मोवाईल नम्बर, ईमेल र अन्य जानकारीहरु सजिलो र बिना झन्झटीलो तरिकाबाट दिन सकिन्छ । जुन चिपको माध्यमबाट कार्डलाई मोवाइल ‘टच’ र वा क्यामरामा ‘स्क्यान’ गरिसकेपछि सिधै मोवाइल फोनको ‘कन्ट्याक लिष्टमा सेभ गर्न सकिन्छ ।

बिकसित मुलुकहरुमा सन् २००० मा यो कार्ड प्रयोगमा आएको भएतापनि हाल दुई युवा दिवाकर अर्याल र सरोज बानियाँले इभाज कार्ड प्रालिमार्फत नेपालमा भित्राएका हुन् । बानियाँ र अर्याल दुबै युवा व्यवसायी एवं सामाजिक अभियान्ता हुन् ।

अर्याल यस कम्पनीको अध्यक्ष र बानियाँ प्रबन्ध निर्देशक हुन् । कम्पनीको सिईओ वंगलादेशका अबुल हसनत आईटीमा दख्खल राख्छन् । कम्पनी वा व्यक्तिले यसमा राखिएका व्यक्तिगत विवरणहरु आफूले चाहेको समयमा ‘इडिट’ गर्न सकिनु यस कार्डको मुख्य विशेषता हो ।

व्यक्तिगत र कम्पनीको छुट्टाछुट्टा भिजिटिङ्ग कार्ड, अनलाईन र अफलाईन दुबैमा प्रयोग गर्न मिल्ने, प्रिमियर क्वालिटी, एकपटक प्रिन्ट गरिसकेपछि सधैका लागि हुने, व्यक्तिगत नाम ‘ईम्बोस’ प्रिन्ट हुने लगायतका अन्य थुप्रै बिशेषता रहेका छन् । यसका साथै कम्पनी वा बिजनेश प्रमोसनका लागि विभिन्न सामाजिक सञ्जालमार्फत गुगल ‘रिभ्यू’ कार्ड र फलोअर्स कार्डको पनि सुरुवात गरेको छ । जसले आफ्नो कम्पनी वा व्यवसायको बारेमा कार्ड स्क्यान गरेर ‘रिभ्यू’ दिन सकिने कम्पनीले जनाएको छ ।

कार्डको सफ्टवेयर ए।आई। प्रविधिमा निर्माण गरिएको, प्रयोगकर्ताका लागि आफ्नो छुट्टै ड्यासबोर्ड हुने, आफुले चाहेको बेलामा अपडेट तथा डिलिट गर्न मिल्नेहुन्छ । यसको डाटाहरुलाई सुरक्षित गर्नका लागि सबै सुरक्षा प्रविधिहरु अपनाईएकोले डाटा हराउने तथा दुरुप्रयोगको जोखिम नहुने’ कम्पनीका प्रवन्ध निर्देशक बानियाँले जानकारी दिए ।

चर्को मुल्य तिरेर बर्षेनी भिजिटिङ्ग कार्ड छाप्ने झन्झटमा मुक्ती पाउनका लागि यो कार्ड बहुउपयोगी हुने कम्पनीका अध्यक्ष अर्यालले बताए । उनले भने, ‘यो कार्ड एकपटक छापिसकेपछि पुनः छाप्ने झन्झट नहुने, खर्चिलो नहुने र कागजको कार्डले वातावरणमा समेत असर पुर्‍याएको हुँदा यो कार्ड वातावरण मैत्री समेत छ ।’कार्डको सुरुवाती मूल्य ४ हजार राखिएको छ । जसमा कम्पनीले आकर्षक कार्ड बक्स सहित कार्ड उपलब्ध गराउने छ ।