फागुन ७ गते ‘स्पिकर अफ चामुण्डाबिन्द्रासैनी’ हुने - रुपान्तरण
 २०८१ बैशाख २०, बिहीबार    

फागुन ७ गते ‘स्पिकर अफ चामुण्डाबिन्द्रासैनी’ हुने


दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–८, मा रहेको विन्द्रासैनी क्लवले ‘स्पिकर अफ चामुण्डाबिन्द्रासैनी–२०८०’ गर्ने भएको छ । फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा उक्त कार्यक्रम गर्न लागिएकोे हो । ‘समाज रुपान्तरण्मा युवा तथा विद्यार्थीको भूमिका’ विषयमा यो बर्ष कार्यक्रम गर्न लागिएको आयोजक संस्था विद्रासैनी क्लवले जनाएको हो ।

प्रतियोगितामा प्रथम हुनेले १० हजार रुपैयाँ नगद ट्रफि, मेडल र प्रमाणपत्र, द्धितिय हुनेले ७ हजार रुपैयाँ नगद ट्रफि, मेडल र प्रमाणपत्र, तृतिय हुनेले ५ हजार रुपैयाँ नगद ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरिने आयोजकले जनाएको छ।