कांग्रेसले अल्पमतको सरकार बनाउनेमा ओलीलाई चिन्ता - रुपान्तरण
 २०८१ बैशाख २०, बिहीबार    

कांग्रेसले अल्पमतको सरकार बनाउनेमा ओलीलाई चिन्ता


काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बिना हिच्किचावट दिल खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन निर्देशन दिएका छन् । मंगलबार पार्टी संसदीय दलको बैठकमा अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डको प्रशंसा गर्दै दिल खोलेर विश्वासको मत दिन एमाले सांसदहरूलाई निर्देशन दिएका हुन् । अध्यक्ष ओलीलेले कांग्रेससँगको गठबन्धन अनुचित भएको भन्दै छोडेर उचित गठबन्धन बनाएको बताए । उनले त्यस कारण प्रचण्डलाई मत दिनुपर्ने सुनाए ।

अध्यक्ष ओलीलेले भने,ु भोलि प्रधानमन्त्रीमाथि विश्वासको मत छ भनेर हामीले भन्नुपर्नेछ । पहिले पहिलेका कुराहरूमा प्रधानमन्त्रीले गल्ती पनि गरेको हुनसक्छ, ठूल्ठूला गल्ती । उहिलेका कुरा । अहिले प्रधानमन्त्रीले एकदम राम्रो काम गर्नु भएको छ । अहिलेको अवस्थामा उहाँले चालेको कदम सकारात्मक छ, राम्रो कदम । त्यस कारण प्रधानमन्त्रीलाई बिना हिच्किचावट दिल खोलेर विश्वासको मत दिन म निर्देशन गर्दछु ।’

उनले सरकारको आलोचना नगर्न पार्टीका सांसदहरूलाई निर्देशन दिए । कुनै आलोचना गर्नुपर्‍यो भने पार्टीको अनुमति लिएर मात्रै गर्न सकिनेतर्फ पनि सिंगो पार्टी पङ्क्तिलाई सचेत गराए । उनले भने, ‘म फेरि पनि दोहोर्‍याएर भन्न चाहन्छु–सरकारको आलोचनामा बोल्ने होइन । सरकारको कुनै आलोचना गर्नुपर्‍यो भने आन्तरिक रूपमा गर्दा हुन्छ ।’

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाए नेपाली कांग्रेसको नेतृत्वमा अल्पमतको सरकार बन्ने र देश अस्थिरतातर्फ जाने खतरा हुने उनले बताए । अहिलेको गठबन्धन असफल हुनु भनेको देश असफलतातिर जानु भएको भन्दै अध्यक्ष ओलीले देश बर्बाद हुनबाट जोगाउन यो गठबन्धन बनाइएको बताए । यतिबेला नयाँ समीकरण कायमै राख्ने कि अल्पमतको सरकार बन्न दिने भन्ने विकल्प रहेको भन्दै उहाँले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर देशलाई स्थिरतार्फ लैजानुपर्ने बताए ।

"