रुसी सेनामा भर्ना भएका थप सात नेपालीको मृत्यु - रुपान्तरण
 २०८१ बैशाख २१, शुक्रबार    

रुसी सेनामा भर्ना भएका थप सात नेपालीको मृत्यु


काठमाडौं । रुसी सेनामा भर्ना भएका थप सात जना नेपालीको मृत्यु पुष्टि भएको छ । बिहीबार परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धका क्रममा थप सात जना नेपालीको मृत्यु पुष्टि गरेको हो ।

ज्यान गुमाउनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जीतबहादुर बिक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन् । यसअघि १२ जना नेपालीको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो ।