इलाम २ मा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बु : सापटी लिएको उम्मेदवार ! - रुपान्तरण
 २०८१ बैशाख १८, मंगलबार    

इलाम २ मा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बु : सापटी लिएको उम्मेदवार !


काठमाडौं । आगामी बैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवारी घोषणा गरेको छ । शनिबार इलामको चोक बजार लाँकुरी चौतारामा एक कार्यक्रमको आयोजना गरी उम्मेदवार मिलन लिम्बुको उम्मेदवारी सार्वजनिक गरिएको हो ।

पार्टी सभापति एवं गृहमन्त्री रवि लामिछाने, उपसभापति डा.स्वर्णिम वाग्ले, पार्टीका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ सहितका पार्टीका नेताहरू इलाम पुगेर उम्मेदवार सार्वजनिक गरे । कार्यक्रममा बोल्दै उपप्रधान एवं गृहमन्त्री तथा पार्टी सभापति लामिछानेले अब चाँडै नै विजयी जुलुसमा उभिने घोषणा गरे । उनले परिवर्तनको घण्टी बजिसकेको बताए । सभापति लामिछाने इलामले परिवर्तन खोजेको बताए ।

तर एमालेका नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम–२ को उपनिर्वाचनमा उम्मेदवारसमेत सापटी लिएको टिप्पणी गरे । उनले इलाम एमालेको पक्षमा निरन्तर सतिसालझैं उभिइरहेको र सापटी लिइएका उम्मेदवारले कुनै असर नपर्ने बताएका हुन् । अहिले इलाम–२ मा उठाइएका उम्मेदवारहरु एमालेसँगको प्रतिस्पर्धामा भन्दा पनि चुनावमा भाग लिन उद्देश्यले मात्रै उठाइएको उनको दाबी छ ।

रास्वपाका उम्मेदवार लिम्बूलाई इलामका मानिसहरुले कहिले माओवादीको रुपमा र कहिले कसको रुपमा चिनिसकेको र उनी कुनै नयाँ नरहेको थापाको टिप्पणी छ । अहिले लिम्बूले स्वतन्त्र पार्टीको नयाँ लुगा लगाएर चुनावी मैदानमा गएको उनको टिप्पणी छ । लिम्बु यसअघि नेकपा (माओवादी केन्द्र) निकट पत्रकारहरुको संगठन प्रेस सेन्टरको सचिव थिए ।

"