२२ जिल्लामा कोरोना संक्रमण फैलिने दर डरलाग्दो - रुपान्तरण
 २०८१ बैशाख ५, बुधबार    

२२ जिल्लामा कोरोना संक्रमण फैलिने दर डरलाग्दो


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशको स्वास्थ्य देशको स्वास्थ प्रणालीले थेग्ने नसक्नेगरी कोभिड संक्रमण फैलिरहेको जनाएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले संक्रमणदर तीव्र भएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ । मन्त्रालयल अति प्रभावित २२ जिल्लामा संक्रमण फैलिने दर डरलाग्दो भएको जनाएको ।

मन्त्रालये भिडभाड हुने कुनै पनि क्रियाकलाप नगर्न पनि सर्वसाधारणलाई आग्रह गरेको छ । अहिले कोभिड संक्रमण तीव्र भएकाले अस्पतालमा राखेर उपचार गर्न सक्ने अवस्था नरहेको पनि जानकारी गराएको छ ।

कोभिड १९ संक्रमणका हिसाबले नेपालका अति प्रभावित २२ जिल्लाहरू (मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु सुर्खेत, कैलाली, कञ्चनपुर) मा संक्रमण फैलने दर डरलाग्दो गरी बढिरहेको मन्त्रालयले जनाएको हो ।