‘मबाट पनि केही कमजोरी र गल्ती भएका छन्’ - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

‘मबाट पनि केही कमजोरी र गल्ती भएका छन्’


काठमाडौं । नेकपा (एमाले) पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्न आह्वान गरेका छन्।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शनिबार एक वक्तव्य जारी गर्दै गौतमले कम्युनिस्ट आन्दोलनमा लागेका सबै नेता–कार्यकर्ताहरुले आफ्ना गल्ती कमजोरीप्रति आत्मालोचित हुँदै नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्न आह्वान गरेका हुन् ।

नेता गौतमले ‘मबाट पनि यसबीच केही कमजोरी र गल्ती भएका छन्। आफ्ना गल्ती र कमजोरीप्रति आत्मालोचित छु तिनलाई सच्याउन लागिपरेको पनि छु’ भन्दै ‘भविष्यमा सबै क्रमशः स्पष्ट हुँदै जाने’ स्पष्ट पारेका छन् ।

उनले अहिले श्रमजीवी वर्गका नेताहरूले सत्ता स्वार्थ प्रेरित क्रियाकलापबाट श्रमजीवी वर्गीय आन्दोलनलाई छिया छिया बनाइ रहेको उल्लेख गरेर यो कृयाकलाप रोक्न सकिएन भने प्रतिगमन प्रतिस्थापित हुने दाबी गरेका छन् ।

सन् २०२१ को मइ दिवस अथवा संगठित सर्वहारा वर्गले आफ्नो रगतको अहालमा उभिएर संसार भरिका पुँजीपतिहरुका विरुद्धको लड़ाइँमा पहिलो सफलता घोषणा गरेको दिन भएको स्मरण गराएका छन्। अब यस्तै भए ऐतिहासिक उपलब्धि समाप्त हुनेछन् र नेपालीको उज्ज्वल भविष्य जोडिएको समृद्ध समाजवादमा पचासौं वर्षसम्म पर्दा लाग्नेछ भनेका छन् ।