राजीनामा दिएका शंकर पोखरेल फेरि मुख्यमन्त्रीमा नियुक्त - रुपान्तरण
 २०८१ बैशाख १२, बुधबार    

राजीनामा दिएका शंकर पोखरेल फेरि मुख्यमन्त्रीमा नियुक्त


काठमाडौं । लुम्बिनी प्रदेश नेकपा एमाले संसदीय दलका नेता शंकर पोखरेललाई फेरि प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरिएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले नेपाल कम्युनिष्ट पार्टी (एमाले), लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

यसअघि, आइतबार विहान नै पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा गरेर नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न प्रदेश सभाका बहुमत सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष दावी पेश गरेका थिए ।

पोखरेललाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुअघि नेकपाबाट निर्वाचित सांसद विमला वलीले आफूले माओवादी केन्द्र पार्टी रोजेको जानकारी गराएकी थिइन ।

वलीको उक्त पत्र सार्वजनिक भएलगत्तै पोखरेलविरुद्ध एकगठ भएका नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका ४० सांसदले पोखरेलसँग बहुमत नरहेको भन्दै मुख्यमन्त्रीमा नियुक्त नगर्न प्रदेश प्रमुखसँग माग गरेका थिए ।